Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अब छिट्टै देशमा महिला प्रधानमन्त्री भएको हेर्ने इच्छा छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले छिट्टै महिला प्रधानमन्त्री भएको हेर्ने इच्छा रहेको बताएका छन् ।

काभ्रेको पाँचखालमा प्रथम महिला उद्यमी हरित औद्योगिक पार्कको शिलान्यास कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि राष्ट्रपति, प्रधानन्यायाधीश र सभामुख महिला भएर राम्रो कामको सुरुवात गरेको भन्दै प्रधानमन्त्री प्रचण्डले अब छिट्टै महिला प्रधानमन्त्री भएको हेर्ने इच्छा व्यक्त गरे ।

यो पटक सुशासन, सामाजिक न्याय र समृद्धिको नारा दिएर सरकार अगाडि बढेको पनि उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077