Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जसपाले भन्यो – पहिचानवादीको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गर्‍यो

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले मङ्सिर २६ गते भोजपुर, ओखलढुङ्गा, झापा र उदयपुरमा पहिचान पक्षधरमाथि व्यापक प्रहरी दमन भएको भन्दै उक्त घटनाप्रति निन्दा एवम् भर्त्सना गरेको छ ।

बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै जसपाले पहिचान र अधिकार प्राप्तिका लागि गरेको शान्तिपूर्ण आन्दोलनमाथि प्रहरीले गरेको बल प्रयोग गरेर कुटपिट गरेको बताएको हो ।

जसपाले आफ्नो अधिकारको माग गर्ने जनताको लोकतान्त्रिक हकप्रति बन्देज लगाउनेहरूमाथि कारकाही गर्न सरकारसँग माग गरेको छ ।

गिरफ्तार गरिएका नेता, कार्यकर्ताहरूको तत्काल रिहाइ गर्न जसपाले माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077