Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागको मौसम आंशिक बदली देखि सामान्यतया सफा रहनेछ ।

राति कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागको मौसम आंशिक बदली देखि सामान्यतया सफा रहने महाशाखाको भनाई छ ।

यस्तै काठमाडौंमा आज बिहान ५ः४५ बजेको तापक्रम ५.७ डिग्री सेल्सियस मापन गरिएको छ । दिउँसो १७ देखि १९ डिग्री सेल्सियसको बीचमा रहने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077