Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

विश्वव्यापी समर्थन गुमे पनि हमासविरुद्ध इजरायलको लडाइँ रोकिँदैन : प्रधानमन्त्री नेतान्याहु

एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासविरुद्धको लडाईँ कसैले रोक्न नसक्ने बताएका छन् ।

सामाजिक सञ्जाल एक्समा एक भिडियो सेयर गर्दै प्रधानमन्त्री नेतन्याहूले विश्वको कुनै दबाबले पनि हमासविरुद्धको लडाईँ नरोकिने बताएका हुन् । हमासलाई समाप्त नगरेसम्म कारबाही नरोक्न सैन्य कमाण्डरहरूलाई आदेश दिइसकेको उनले बताएका छन् ।

भिडिओमा उनले भनेका छन्, ‘मैले मैदानमा रहेका कमान्डरहरूलाई के भनेको छु भन्ने कुरा स्पष्ट रूपमा भन्न चाहन्छु– हामी यो लडाइँलाई अन्तिम समयसम्म जारी राख्नेछौँ, यसमा कुनै प्रश्नै छैन। हाम्रा सिपाहीहरू गुमाउनुको ठूलो पीडा र अन्तर्राष्ट्रिय दबाबको बाबजुद पनि म यो भन्दैछु ।’

प्रधानमन्त्री नेतन्याहूले युद्ध रोकिएमा हमास पुनः उठ्ने र इजरायलका लागि सुरक्षा खतरा बढ्ने बताएका छन्। यसअघि संयुक्त राष्ट्र संघको महासभामा गाजामा जारी युद्ध रोक्न आग्रह गर्ने र दबाब दिने प्रस्ताव पारित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077