Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्ड भन्छन् - नेपालको हवाई क्षेत्रलाई कालोसूचीबाट हटाउने प्रयासमा छौँ

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणको ग्राउन्ड ह्यान्डलिङ सेवा प्रतिस्पर्धाबाट छनोट गर्ने निर्णय बुझ्न माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारको ध्यानाकर्षण गराएको छ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ध्यानाकर्षण पत्र बुझाएको हो।

रास्वपाले त्रिभवुन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ नै नेपाल एयरलाइन्सको आम्दानीको महत्त्वपूर्ण स्रोत भएको बताउँदै यसबारे चासो राख्न सरकारलाई ध्यानाकर्षण गराएको छ ।

ध्यानाकर्षण पत्रमा नेपाललाई युरोपियन युनियनले सेफ्टी लिस्टबाट नहटाउनुको खास कारण पत्ता लगाउन पनि सरकारसँग माग गरिएको छ ।

यता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्ञापनपत्र बुझ्दै नेपालको हवाइ सुरक्षालाई व्यवस्थित बनाएर युरोपेली युनियनको कालोसूचीबाट हटाउन प्रयत्नशील रहेको बताएका छन् । उनले कालोसूचिबाट नेपालको हवाइ क्षेत्र हटाउन सरकार निरन्तर प्रयत्नशील रहेको बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालको नेतृत्वको प्रतिनिधिमण्डलसँगको कुराकानीमा प्रधानमन्त्री प्रचण्डले हवाई क्षेत्रमा थप सुधारमार्फत कालोसूचीबाट हटाउनका लागि विश्वासको वातावरण सिर्जना गरिने बताए।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077