Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

झापामा जंगली हात्ती मृत फेला

झापा । झापामा जंगली हात्ती मृत अवस्थामा फेला परेको छ।

झापाको बाह्रदशी गाउँपालिका-१स्थित बागमतामा जंगली भाले हात्ती मृत अवस्थामा फेला परेको हो ।

राति कुन बेलामा हात्ती मरेको भन्ने नखुलेको जिल्‍ला प्रहरी कार्यालय झापाले जनाएको छ।

हात्ती मृत फेला परेको भन्ने खबर प्रहरीलाई बिहान ८ बजे भएको थियो। हात्ती स्थानीय नगेन्द्र राईको बारीमा फेला परेको हो।

बाहिरी चोट नदेखिएको प्रहरीले जनाएको छ। वन कार्यालयको कर्मचारीले घटनास्थलको अनुसन्धान तथा कानुनी प्रक्रियाको काम गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077