Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

एनसेल बिक्रीविरूद्ध नेविसंघको प्रदर्शन

काठमाडौं । एनसेल बिक्रीविरूद्ध नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रदर्शन गरेको छ।

पद्मकन्या बहुमुखी क्याम्पसमा विद्यार्थीहरूले एनसेल बिक्रीमा भएको अनियमितता छानबिनको माग गर्दै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनको क्रममा विद्यार्थीहरूले मास्क लगाएका थिए भने विभिन्न माग उल्लिखित पम्प्लेटहरू बोकेका थिए।

गत मंसिर १५ गते आजियाटाले एनसेलबाट बाहिरिने निर्णय गरेको थियो। आजियाटा बाहिरिएपछि स्पेक्ट्रलाइट युके लिमिटेडले एनसेलको ८० प्रतिशत सेयर किन्ने सम्झौता गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077