Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

कञ्चनपुरमा राजा महेन्द्रको शालिक राख्ने विषय विवादमा, स्थानीय प्रशासनद्वारा निषेधाज्ञा जारी

धनगढी । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले भीमदत्त नगरपालिकामा निषेधाज्ञा जारी गरेको छ ।

स्वर्गीय राजा महेन्द्रको शालिक राख्ने विषयलाई लिएर राजनीतिक दलबीच मत भिन्नता देखिएको भन्दै स्थानीय प्रशासनले निषेधाज्ञा लागू गरेको हो ।

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बिहीबारदेखि ७ दिनसम्म लागू हुनेगरि भीमदत्त नगरपालिका-४ को संविधान चोकदेखि पूर्वमा दशरथचन्दको शालिकसम्मको मुख्य सडक र पश्चिममा मदन भण्डारीको शालिकसम्मको मुख्य सडकखण्डमा निषेधाज्ञा जारी गरेका हुन् ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम जारी आदेशअनुसार यो क्षेत्रमा ७ दिनसम्म ५ जना भन्दा बढी मानिस जम्मा भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न पाइने छैन ।

केही दिनयता राप्रपाले संविधान चोकमा पूर्वराजा महेन्द्र शाहको शालिक स्थापनासहित कार्यक्रम गर्ने तयारी गरिएको बताइएको छ ।

संविधान चोकमा रहेको भीमदत्तको शालिकको ठाउँमा राप्रपाले महेन्द्रको शालिक राख्ने तयारी गरेको थियो ।

त्यसलाई मध्यनजर गर्दै दुई पक्षबीच झडप हुने आशंकामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077