Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कात्तिकमा मात्रै भित्रियो ४ खर्ब ७७ अर्ब रेमिट्यान्स

काठमाडौं । चालु आर्थिक वर्षको कात्तिक महिनामा रेमिट्यान्स २६.४ प्रतिशतले वृद्धि भई ४७७ अर्ब ९६ करोड भित्रिएको छ।

गत वर्षको यही अवधिमा ३ खर्ब ७८ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएकोमा चालु आर्थिक वर्षमा यो दर २६.४ प्रतिशतले वृद्धि भएको हो।

यो चार महिनामा वैदेशिक रोजगारीमा जानेको संख्यामा भने उच्च दरले कमी आएको छ। वैदेशिक रोजगारीमा जानेको संख्या २७ प्रतिशतले घटेको छ।

गत वर्षको चार महिनामा नयाँ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ८४ हजार थियो। चालु आर्थिक वर्षको यो अवधिमा भने मात्रै २ लाख ६ हजारले यस्तो स्वीकृति लिएका छन्।

गत आर्थिक वर्षभरीमा वैदेशिक रोजगारी र अध्ययनमा जानेको संख्या १० लाख हाराहारी थियो। गत वर्ष गएकाहरूले रेमिटेन्स पठाउन थालेपछि पुनः यो वर्ष रेमिटेन्स भित्रिने दर बढेको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077