Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

स्वास्थ्य मन्त्रालयले भन्यो - हिटर र गिजरको प्रयोग गर्दा सावधानी अपनाउनू

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिटर चलाउँदा वा गिजरको प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ ।

मन्त्रालयले एक बुलेटिन जारी गर्दै जाडो याममा शरीर वा कोठालाई न्यानो बनाउन आगो बाल्ने, हिटर चलाउने र गिजरको प्रयोग गर्दा अप्रिय घटनाहरु हुने सम्भावना बढी भएकाले सावधानीपूर्वक प्रयोग गर्न आग्रह गरेको हो ।

मन्त्रालयले हावा ओहोरदोहोर हुने ठाउँ वा कोठामा मात्रै हिटर चलाउन तथा कपडा कागजजस्ता छिटो जल्ने सामग्री नजिकै नराख्न समेत उल्लेख गरेको छ ।

हिटरको प्रयोग गर्दा समय–समयमा बन्द गर्न र गिजरको मुख्य मेसिनलाई बाथरुम बाहिर खु्ल्ला ठाउँमा जडान गर्न समेत मन्त्रालयको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077