Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

विवाद मिलाइदिन्छु भन्दै ठगी गर्ने कांग्रेस नेता चौलागाईंविरुद्ध उजुरी

काठमाडौं । नेपाली कांग्रेस रामेछापका नेता भरत चौलागाईंले मोही र तलसिनको विवाद मिलाइदिन्छु भनी रकम ठगी गरेको भन्दै प्रहरीमा उजुरी परेको छ ।

ललितपुरका सानुभाई थापाले जिल्ला प्रहरी परिसर काठमाडौंमा चौलागाईंविरुद्ध बैंकिङ कसुरमा जाहेरी दर्ता गराएका हुन् ।

प्रहरीले चेक बाउन्स र ठगीको उजुरीमा चौलागाईविरुद्ध अदालतबाट पक्राउ पुर्जी लिने तयारी भइरहेको जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंमा थापाले ८० लाख रुपैयाँको बैंकिङ कसुरको जाहेरी दर्ता गराएका छन् ।

थापाका अनुसार आफू जग्गाको कारोबारी भएको हुँदा कुनै जग्गामा मोही र तलसिनको विवाद भएकाले त्यो विवाद मिलाइदिने भन्दै चौलागाईंले ३ करोड ९२ लाख रुपैयाँ लिएका थिए ।

त्यसको ग्यारेन्टीबापत चौलागाईंले थापालाई ३ करोड १२ लाखको एउटा चेक र ८० लाख रुपैयाँको अर्को चेक उपलब्ध गराएका थिए ।

तर चौलागाईंले मोही तलसिनको विवाद पनि मिलाउन नसकेको र लगेको रकम फिर्ता माग्दा भोलिभोलि भन्दै टारेको थापाको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077