Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

लोसपाका प्रदेश सांसद शर्मासहित ७ जनालाई जन्मकैद

काठमाडौं । महोत्तरी जिल्ला अदालतले सशस्त्र प्रहरीका असई थमन विकको हत्या मुद्दामा प्रदेश सांसद अभिराम शर्मासहित ७ जनालाई जन्मकैदको फैसला सुनाएको छ ।

जिल्ला अदालतका न्यायाधीश उद्धबप्रसाद भट्टराईको इजलासले बिहीवार यस्तो फैसला सुनाएको हो । शर्मा लोसपा मधेश प्रदेश सभा सदस्य तथा लोसपाका प्रदेश संसदीय दलका नेता समेत हुन् ।

यस्तै जलेश्वर नगरपालिकाका पूर्व मेयर रामशंकर मिश्र, लोसपाका नेता तथा जलेश्वर अस्पताल विकास समितिका पूर्व अध्यक्ष सुरेश पाण्डे, प्रदीप साह माझी, सञ्जयकुमार साह, मोहन ठाकुर र धर्मेन्द्र रायलाई जन्मकैदको फैसला सुनाइएको जिल्ला अदालत महोत्तरीले जनाएको छ ।

यसैसँग जोडिएको आगलागी मुद्दामा सातै जनाले जनही ६ महिना कैद र १० लाख रुपैयाँ क्षतिपूर्ति दामासाहीले तिर्नुपर्ने फैसला भएको छ । यस्तै नेकपा एमालेका प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरी र अर्का प्रतिवादी पवन कापडले भने दुवै मुद्दामा सफाइ पाएका छन् ।

२०७२ भदौ २५ गते मधेस आन्दोलनका क्रममा आन्दोलनकारीको तर्फबाट घाइते भएका सशस्त्र प्रहरीका असई विकलाई उपचारको लागि जलेश्वरबाट जनकपुर लग्दै गर्दा एम्बुलेन्सबाट थुतेर कुटपिट गरी हत्या गरेको भन्दै २८ जनामाथि ज्यान मुद्दाको अभियोग लागेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077