Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

स्रोत नखुलेको सात लाखसहित एकजना पक्राउ

पश्चिम नवलपरासी । पश्चिम नवलपरासीमा स्रोत नखुलेको ७ लाख रुपैयाँसहित एकजना पक्राउ परेका छन् ।

जिल्लाको रामग्राम नगरपालिका-५ मा लु ५९ प ३२३९ नम्बरको मोटरसाइकलमा सवार पाल्हिनन्दन गाउँपालिका-२ का १९ वर्षीय समीर धुनियालाई नगदसहित पक्राउ परेका हुन् ।

धुनियाको साथबाट एक हजार दरको ४ सय थान, ५ सय दरको ६ सय र १ सय दरको ९ वटा नोट बरामद भएको जिल्ला प्रहरी कार्यालय परासीले जनाएको छ ।

बरामद रकम स्रोत नखुलेपछि आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077