Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

अर्थतन्त्रका बाह्य सूचक मजबुत, १३ महिनाको आयात धान्ने

काठमाडौं । अर्थतन्त्रका आन्तरिक सूचक अपेक्षित रूपमा सुधार हुन नसकिरहेको अवस्थामा बाह्य सूचकमा भने उल्लेख्य सुधार आएको छ। रेमिटेन्स आप्रवाह ह्वात्तै बढेको छ।

विदेशी मुद्राको सञ्चिति आयातलाई करिब १३ महिना धान्ने अवस्थामा पुगेको छ। घाटामा गएको चालु खाता बचतमा आएको छ। शोधनान्तर करिब डेढ खर्ब बचतमा छ।

नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार अर्थतन्त्रका बाह्य सूचक मजबुत देखिएका छन्। अर्थतन्त्रका बाह्य सूचक उल्लेख्य सुधारसहित मजबुत बनेको नेपाल राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले बताए।

‘बाह्य सूचक उत्साहजन छन्,’ श्रेष्ठले भने, ‘यसले आन्तरिक अर्थतन्त्र सुधारमा टेवा पुग्छ।’ ‘रेमिटेन्स आप्रवाहमा ह्वात्तै बढेको छ,’ श्रेष्ठले भने, ‘विदेशी मुद्रा सञ्चितिले आयातलाई १३ महिना धान्छ।’ अर्थमन्त्री महतका अनुसार आन्तरिक अर्थतन्त्रमा पनि सुधारका संकेत देखिएका छन्।

चालु आर्थिक वर्षको पहिलो चार महिनामा रेमिटेन्स आप्रवाह उत्साहजनक छ। चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चार महिनामा विदेशबाट ४ खर्ब ७७ अर्ब ९६ करोड रूपैयाँ रेमिटेन्स आएको छ। मुलुकभित्र रोजगारी सिर्जना नभएर बिदेसिनुपर्ने अवस्था सिर्जना हुन अर्थतन्त्रका लागि सुखद नभए पनि रेमिटेन्सले अर्थतन्त्रलाई भरथेग गरेको छ। नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077