Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

अख्तियारद्वारा प्रधानमन्त्री राहतकोषमा ८ लाख ६१ रुपैयाँ प्रदान

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भूकम्प पीडितहरूलाई सहयोग गरेको छ।

गत कार्त्तिक १७ गते शुक्रबार जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट प्रभाविहरूको सहयोगका लागि आयोगका पदाधिकारी र कर्मचारीहरूबाट प्रधानमन्त्री राहत कोषमा ८ लाख ६१ हजार ७७८ रुपैयाँ जम्मा गरेको हो ।

नेपाल सरकार,मन्त्रिपरिषद्को निर्णयानुसार एभरेष्ट बैंक लिमिटेडमा रहेको प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले बताए।

यसअघि अख्तिायरले भूकम्प प्रभावितहरूका लागि कर्मचारीले सात दिनको तलब सुविधा सहयोग गर्ने बताएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077