Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

महासमिति बैठक सार्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन बैठकले महासमितिको बैठक सार्ने निर्णय गरेको छ।

शुक्रबार सानेपास्थित केन्द्रीय कार्यालयमा बसेको बैठकमा महासमितिको बैठक फागुन ७ देखि १० गतेसम्म गर्ने प्रस्ताव भएको हो।

यसअघि महासमितिको बैठक पुस १६ देखि १९ गतेसम्म गर्ने निर्णय थियो। उक्त बैठक राष्ट्रिय सभाको चुनाव र चिसोका कारण सार्ने निर्णय भएको हो।

माघ ११ गते राष्ट्रिय सभाको चुनाव हुँदैछ। कार्यसम्पादन बैठकमा जाजरकोट भूकम्प र समसामयिक राजनीतिक विषयमा छलफल भएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077