Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विदेशी पनि किन तिम्रो देशमा भ्रष्टाचार हुन्छ भनेर सोध्छन्, के जवाफ दिने ? : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेपालमा बढिरहेको भ्रष्टाचारबारे विदेशीसमेत अचम्मित हुन थालेको बताएका छन् ।

शुक्रबार मोरङको ललियामा कांग्रेसले आयोजना गरेको कार्यक्रममा नेता कोइरालाले यस्तो बताएका हुन् ।

उनले भने, 'आजभोलि हरेक विदेशी भेट्दा किन तिम्रो देशमा हरेक कुरामा भ्रष्टाचार हुन्छ भनेर सोध्छन् । के जवाफ दिने ?'

उनले मुलुक भ्रष्टाचारमा चुर्लुम्म डुबेको भन्दै विदेशीका अगाडि शिर झुकाएर हिँड्नु पर्ने अवस्था सिर्जना भएको बताए । भ्रष्टाचारमुक्त समाज निर्माणमा आफू कति पनि नडगमगाउने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077