Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

टिपरको ठक्करबाट मोटसाइकलमा सवार दुई जनाको मृत्यु

बुटवल । टिपरले ठक्कर दिंदा दाङमा दुईजना युवाको मृत्यु भएको छ ।

शुक्रबार राती घोराही उपमहानगरपालिका-१० स्थित झारबैरा चोकमा दुर्घटना हुँदा प्यूठानको झिमरुक गाउँपालिका ४ बांगेमरोठ कोटका १७ वर्षीय विशाल जिसी र उनका भान्जा नौवहिनी गाउँपालिका ६ लुङका १८ वर्षीय सागर केसीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार तुलसीपुरबाट घोराहीतर्फ आउँदै गरेको रा १ क १३०७ नम्बरको टिपरले बिपरित दिशातर्फ जाँदै गरेको रा २ प ५५८९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

घाइते युवाहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा उपचारको क्रममा मृत्यु भएको थियो । टिपर चालक रुन्टीगढी गाउँपालिका ९ रोल्पाका २६ वर्षीय ईश्वर बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077