Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • एनसेल प्रकरणको छानबिनका लागि संसदीय समिति गठन गर्न जसपाको सुझाव

    एनसेल प्रकरणको छानबिनका लागि संसदीय समिति गठन गर्न जसपाको सुझाव

    अनलाइन नेपाल
  • शनिबार, ३० मंसिर २०८०
  • 456
    SHARES

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले एनसेल प्रकरणको छानबिनको लागि संसदीय समिति गठन गर्न सरकारलाई सुझाव दिने भएको छ ।

    सो पार्टीले एनसेल खरिद बिक्री सम्बन्धमा निष्पक्ष र उच्चस्तरिय संसदीय समिति गठन गर्न सरकारलाई सुझाव दिने भएको हो ।



    जसपाले भनेको छ– ‘नेपाली जनताले उठाएको राष्ट्रिय महत्वको उक्त एनसेल प्रकरणमा पार्टी गम्भीर रहेको छ ।’



    पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकले सरकारसमक्ष उक्त सुझाव दिने निर्णय गरेको जसपा केन्द्रीय कार्यालयले जनाएको छ ।

    सो पार्टीले एनसेल खरिद बिक्री प्रकरण सम्बन्धमा राज्यलाई लाभकर र राजश्वसमेत हानी नोक्सानी हुनेगरी सेयर बिक्री गर्ने प्रस्ताव र निर्णयलाई तत्काल रोकी कार्यान्वयन नगर्न समेत माग गरेको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार