Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रहरीको गोली लागेर युवकको मृत्यु भएको विरोधमा राजमार्ग अवरुद्ध

बारा । बाराको सिम्रोनगढमा प्रहरीको गोली लागेर मृत्यु भएका युवक लक्ष्मी मुखियाका आफ्न्त र स्थानीयले आन्दोलनलाई निरन्तरता दिएका छन् ।

मृतक मुखियाका परिवार र उनका गाउँलेले अहिले घटनाको विरोधमा निजगढमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका हुन् ।

प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराएको विरोधमा उत्रिएका शिक्षक–कर्मचारी र प्रहरीबीच झडपका क्रममा प्रहरीको गोली लागेर सिम्रौनगढ नगरपालिका-१ ननसगराढाट गाउँका २५ वर्षका लक्ष्मी मुख्याको मृत्यु भएको थियो।

घटनाको छानबिन गरी गोली प्रहार गर्ने सुरक्षाकर्मीमाथि कारबाही गर्नुपर्ने, मृतक परिवारलाई राहत उपलब्ध गराउनुपर्ने, मधेशका मुख्यमन्त्री र सिम्रौनगढका मेयरले राजीनामा दिनुपर्नेलगायत माग राखी मृतक पक्षले राजमार्ग बन्द गराएका हुन् ।

प्रदर्शनकारीले टायर बाल्नुका साथै नाराबाजी पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077