Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कांग्रेस महामन्त्री शर्माले भने – आलोचना गरेर देश बन्दैन, मिलेर काम गर्नुपर्छ

    कांग्रेस महामन्त्री शर्माले भने – आलोचना गरेर देश बन्दैन, मिलेर काम गर्नुपर्छ

    अनलाइन नेपाल
  • शनिबार, ३० मंसिर २०८०
  • 657
    SHARES

    बागलुङ । नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सबै मिलेर देश बनाउनुपर्ने बताएका छन् ।  कांग्रेसको बागलुङ क्षेत्र नं २ को क्षेत्रीय सम्मेलन उद्घाटन गर्दै महामन्त्री शर्माले यस्तो बताएका हुन् ।

    महामन्त्री शर्माले सबैले मिसन ८४ भनिरहेको बेला कसले जित्ने, हार्नेभन्दा देशले जित्ने योजना बनाउनुपर्ने बताए ।  महामन्त्री शर्माले कसले के गरे, गरेनन् भनेर आलोचना गर्ने भन्दा काम गरेर देखाउने बेला आएको बताए ।



    महामन्त्री शर्माले भने,‘अहिले आलोचना गरेर देश बन्दैन, मिलेर काम गर्नुपर्छ । राजनीतिक दलको अस्तित्व नभए फेरि देशमा अर्को अराजकता आउँछ ।’



    महामन्त्री शर्माले सबै दलका राम्रा कामलाई एकीकृत गरेर जान सके देश बन्ने बताए । उनले देश विकासका लागि युवा चाहिने बताए ।

    गल्ती कमजोरीहरु सच्याएर अगाडि बढेमा नेपाली जनताले फेरि पनि लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत विकासमा साथ दिने उनले विश्वास व्यक्त गरे ।

    उनले किसान र मजदुर हेरेर नीति तथा योजना बनाएर अगाडि बढेमा कांग्रेसले अझै जनताको विश्वास पाउने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार