Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरकारबाट जनताको पक्षमा कुनै राम्रो काम भएन, कांग्रेसले अब काँध थापिरहँदैन : गगन थापा

पाल्पा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सरकारबाट जनताको पक्षमा कुनै राम्रो काम नभएको आरोप लगाएका छन् । पाल्पाको प्रथम जिल्ला सम्मेलनमा बोल्दै महामन्त्री थापाले सो आरोप लगाएका हुन् ।

उनले सरकार भष्टाचार तथा अनियमितामा फस्दै गएको, तस्करी र ठगीका घटनामा मुछिँदै गएकाले यही अवस्थामा कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई काँध थाप्न नसक्ने बताए ।

सरकारले काम गर्न नसकेको दोष कांग्रेसको भागमा पनि परेको महामन्त्री थापाको भनाई छ ।

यस्तै उनले पार्टी सभापति शेरबहादुर देउवाले विधानअनुसार काम गर्न नसकेको बताएका छन् । विधानअनुसार काम नहुँदा पार्टीमा अराजकता फैलिएको उनको जिकिर छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077