Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राजनीतिक संरक्षणबिना मुलुकमा ठूला भ्रष्टाचार हुनै सक्दैन : शेखर कोइराला

विराटनगर । नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले राजनीतिक नेतृत्वको संरक्षणमा मुलुकमा भ्रष्टाचार मौलाएर संस्थागत बन्दै गएको बताएका छन् ।

दधिराज सुवेदी पुरस्कार प्रतिष्ठान विराटनगरले शनिबार आयोजना गरेको पुरस्कार वितरण कार्यक्रममा कोइरालाले यस्तो बताएका हुन् ।

उनले राजनीतिक संरक्षणबिना मुलुकमा ठूला भ्रष्टाचार हुनै नसक्ने दाबी गर्दै भ्रष्टाचारलाई ढाकछोप गर्न एकपछि अर्को भ्रष्टाचारका काण्डहरु बाहिर आइरहेको बताए ।

भ्रष्टाचारका कारण अन्तर्राष्ट्रियस्तरमा देशको नाम बदनाम भएको उनको जिकिर छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077