Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

कुवेतका अमिर शेख नवाफको निधन, शेख मेशाल बने उत्तराधिकारी

एजेन्सी । कुवेतका अमिर शेख नवाफ अल अहमद शबाहको निधन भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार ८६ वर्षको उमेरमा उनको शनिबार निधन भएको हो ।

कुवेतको शाही अदालतले उनको निधन भएको सार्वजनिक गरेपनि निधनको कारण भने खुलाएको छैन।

रोयटर्सका अनुसार नवाफ गत महिना अस्पताल भर्ना भएका थिए। त्यतिबेला उनको स्वास्थ्यमा अकास्मात् समस्या आएको भन्दै अस्पताल लगिएपनि उनको स्वास्थ्य स्थिर रहेको भनिएको थियो।

उनको निधनपछि ८३ वर्षीय शेख मेशाल अल अहमद अल सबाहलाई नवाफको उत्तराधिकारी घोषणा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077