Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

एनसेल बिक्रीविरुद्ध सांसद सिंहको रिट न्यायाधीश माथेमाको इजलासमा

काठमाडौं। दूरसञ्चार सेवा प्रदायक एनसेलको सेयर बिक्रीविरुद्ध परेको रिटको पेसी न्यायाधीश शुष्मालता माथेमाको इजलासमा तोकिएको छ।

स्वतन्त्र सासद अमरेशकुमार सिंहले दायर गरेको मुद्दाको पेसी छैटौंपटक तोकिएको हो।

यसअघि पाँच पटक उक्त मुद्दा पेसी तोकिने अनि सुनुवाइ नहुने हुँदै आएको थियो। एक सातादेखि यो मुद्दा एकपछि अर्को इजलासमा पेसी पर्ने अनि सुनुवाइ नहुने हुँदै आएको छ।

नेपालको कानुनी प्रक्रिया छलेर राज्यलाई हानि पुग्ने गरी अपारदर्शी तवरमा एनसेलको सेयर खरिद–बिक्री भएको दाबी रिट निवेदनमा गरिएको छ ।

सांसद सिंहले सेयर खरिदबिक्रीको कारोबारलाई मान्यता नदिन माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077