Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक जारी

    राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक जारी

    अनलाइन नेपाल
  • आइतबार, १ पुष २०८०
  • 381
    SHARES

    काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको तीन दिने बैठक आजबाट सुरु भएको छ।

    काठमाडौंको धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा अहिले बिहानदेखि बैठक सुरु भएको हो ।



    बैठक यही पुस ३ गतेसम्म जारी रहने छ। बैठकमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थितिको समिक्षा, पार्टीको रणनीति र भावी कार्यदिशा सम्बन्धमा ‘ब्रिफिङ’ गरेका छन्।



    त्यसपछि कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत हुने कार्यतालिका रहेको छ।

    यसैगरी तीन दिने बैठकमा भूगोल केन्द्रीत कार्यक्रमको समिक्षा र समूहगत छलफल हुने,पार्टीले निकट भविष्यमा सञ्चालन गर्ने तथा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पारित गरी अनुमोदनका लागि अनुमति प्रदान गरेको आन्दोलन सम्बन्धि प्रस्तावमाथि पनि छलफलका लागि पेश हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार