Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

भीम रावलको प्रश्न- स्वास्थ्यकर्मी उत्पादनमा बाधा पुर्‍याउने गोविन्द केसी कसको सेवा गर्दैछन् ?

काठमाडौं । नेकपा एमालेका नेता डा.भीम रावलले गोविन्द केसीको काम देश र जनताको विपक्षमा रहेको आरोप लगाएका छन् ।

सामाजिक संञ्जालमा लेख्दै नेता रावलले केसीको विरोध गरेका हुन् । उनले केसीको काम देश र जनताको विपक्षमा रहेको भन्दै सर्वत्र विरोधको लागि आह्वान गरे।

नेता रावलले लेखेका छन्,'डा.गोविन्द केसीको काम देश र जनताको हितमा देखिन्न । सुदूरपश्चिम प्रदेशको गेटामा स्थापना हुन लागेको स्वास्थ्य विज्ञान विश्वविद्यालय भाँड्न खोज्ने डा.गोविन्दको सर्वत्र विरोध हुनपर्छ । देशमा स्वास्थ्यकर्मी उत्पादनमा बाधा हालेर कुन शक्ति र स्वार्थको पृष्ठपोषण गर्दैछन् भन्ने प्रश्न गरौँ ।'

पछिल्लो समय सुदूरपश्चिममा गेट मेडिकल विश्वविद्यालय बन्न नदिन अनसन बस्न पुगेका डा.केसीको विरोधमा रावलले मुख खोलेका हुन्।

गेटामा अनसन बस्ने पुगेका केसीलाई स्थानीयले लखेटेपछि लक्ष्मीनारायण मन्दिरमा पुगेका छन् । सुदूरपश्चिममा उनको विरोधमा प्रदर्शन समेत भएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077