Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

छतबाट खसेर घाइते भएका गुप्तचरका असईको निधन

कैलाली । घरको छतबाट खसेर गम्भीर घाइते भएका राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान सहायक (असई) को निधन भएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–२ सन्तोशी टोल बस्ने अनुसन्धान सहायक रबिन्द्र भट्टको धनगढीस्थित निसर्ग हस्पिटलमा उपचारका क्रममा निधन भएको हो ।

उनी मंगलबार बिहान आफ्नै घरको छतबाट खसेर घाइते भएका थिए। बेहोस अवस्थामा उद्दार गरिएका भट्टको घाँटीको पछाडीको हड्डी भाँचिएको थियो।

भट्ट राष्ट्रिय अनुसन्धान विभागको महेन्द्रनरमा अनुसन्धान सहायकका रुपमा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077