Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • व्यवस्था खराब होइन, नीतिगत व्यवस्था गरेर सुधार आवश्यक छ : विश्वप्रकाश शर्मा

    व्यवस्था खराब होइन, नीतिगत व्यवस्था गरेर सुधार आवश्यक छ : विश्वप्रकाश शर्मा

    अनलाइन नेपाल
  • आइतबार, १ पुष २०८०
  • 516
    SHARES

    म्याग्दी । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संघीयतालाई बलियो बनाउन संघीय सरकारले शक्ति र स्रोत विकेन्द्रिकरण गर्ने कानुन बनाउन आवश्यक रहेको बताएका छन् ।

    कांग्रेस म्याग्दीको आइतबार बेनीमा प्रथम सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री शर्माले यस्तो बताएका हुन् । उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामै नागरिकको अधिकार सुरक्षित हुने बताए ।



    विगतको तुलनामा लोकतान्त्रिक व्यवस्थामा नागरिकले धेरै अधिकार पाएको विषयलाई भुल्न नहुने उनको भनाई छ ।



    ‘नागरिकमा भएको असन्तुष्टि, गुनासोलाई सम्बोधन गर्न व्यवस्थाप्रति आकर्षण बढाउने नीति बनाउनुपर्छ। व्यवस्था खराब होइन। नागरिकमा किन वितृष्ण र निराशा बढ्यो भनेर अध्ययन गर्नुपर्छ,’उनले भने, ‘एक जना व्यक्ति राष्ट्रपति र प्रधानमन्त्री एक पटक, मन्त्री तीन पटक र सांसद चार पटकभन्दा बढी हुन नपाउने नीतिगत व्यवस्था गरेर व्यवस्थामा सुधार ल्याउन सकिन्छ।’

    निर्वाचित जनप्रतिनिधि, सरकारी कर्मचारी तथा राज्यका संयन्त्रहरु नागरिकप्रति जवाफदेही, जिम्मेवार नहुँदा व्यवस्थाको विरोध भएको महामन्त्री शर्माले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार