Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बोका चोरेको आरोपमा दुईजना पक्राउ

गुल्मी । गुल्मीमा बोका चोरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको रेसुंगा नगरपालिका वडा नम्बर ५ का ५२ वर्षीय विष्णुकुमारी जोगीको खोरबाट २२ किलोको बोका चोर्ने २ जनालाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार पक्राउ पर्नेमा वडा नम्वर ७ का २३ वर्षीय विरेन्द्र परियार र अर्का एक जनाको नाम गोप्य राखिएको छ ।

उनीहरुले चोरी गरेको बोकालाई काटेर केही मासु खाएको र केही बिक्री गरेको खुलेको छ । उनीहरूलाई जिल्ला अदालत गुल्मीबाट म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077