Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

यात्रुको चापले जनकपुरदेखि भंगहासम्मको रेल सेवा बन्द

जकपुरधाम । विवाह पञ्चमी मेलामा आएका श्रद्धालुभक्तजनलाई लक्षित गरी दुई दिन जकपुर जयनगर सेवा तालिकाबिना सञ्चालन हुने भएको छ।

सोमबार बेलुकासम्मका लागि जनकपुरदेखि भंगहासम्म सञ्चालन भएको रेल सेवासमेत रेल्वे कम्पनीले स्थगित गरेको छ ।

कम्पनीले आइतबार नै एक सूचना जारी गर्दै भंगहा खण्डमा रेल सेवा स्थगित गरेको जानकारी गराएको हो ।

सूचनामा लेखिएको छ, ‘मिति २०८०/०९/०३ गते बिहान भंगहाबाट जनकपुरतर्फ आउने रेल सेवा स्थगित गरिएको हुँदा यसबाट यात्रुमहानुभावहरुलाई पर्न जाने असुविधाको लागि क्षमापार्थी छौ, साथै मिति २०८०/०९/०३ गते बेलुकादेखि जनकपुर भंगहा खण्डमा पूर्ववत् नियमित रुपमा रेल सेवा संचालन हुने व्यहोरा समेत सम्बन्धित सबै पक्षको जानकारीका लागि अनुरो छ ।’

भंगहादेखि जयनगरसम्म दिउँसो आउने र जाने गरी दुईपटक र जनकपुरबाट आउने जाने गरी चारपटक रेल सेवा नियमित सञ्चालनमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077