Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काम गर्न खोज्दा प्रदेशले मुद्दा हाले, संघले कानुन दिएन : मेयर बालेन

ललितपुर । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले आफूले गरेको काममा संघ र प्रदेश सरकारले अवरोध गरेको गुनासो गरेका छन् ।

ललितपुर महानगरपालिकाको स्थापना दिवसको अवसरमा आयोजित समारोहमा बोल्दै मेयर बालेनले यस्तो बताएका हुन् ।

मेयर बालेनले उपत्यकाका फोहर व्यवस्थापनका लागि कानुनी अड्चन रहेको भन्दै त्यस विषयमा संघ सरकारले कुनै पहल नगरेको आरोप लगाए ।

केही काम गर्न खोज्दा मुद्दा हाल्ने र पाँचदेखि एक घण्टामा हुने काम पनि संघ सरकारले नगरेको आरोप लगाए ।

मेयर बालेनले भने,‘बञ्चरेडाँडाको फोहोर व्यवस्थापनका लागि कानुनी अड्चन रहेकाले त्यसलाई फुकुवा गर्न प्रधानमन्त्रीसँग आग्रह गर्छु । प्रधानमन्त्री र मन्त्रीहरूले चाहेमा पाँच मिनेटदेखि एक घण्टामा सकिने विषय पनि सम्बोधन गरेका छैनन् । कतिपय कुरा स्थानीय सरकारले मात्र नसक्ने हुँदा संघ सरकारले हेर्नुपर्ने हुन्छ । उपत्यका विकास प्राधिकरणसँग मिलेर हामीले काम गरिरहेका छौँ । हामी त्यसका सदस्य छौँ । तर केही विषयमा प्रदेश सकारले मुद्दा हालेकाले काम अड्किएको छ । यस्ता विषयमा सहकार्य गरेर जान सकिन्छ।’

संघ र प्रदेशले गर्ने काम स्थानीय सरकारले गर्दा खुसी हुनुपर्नेमा झन् अल्झाउने काम गरिरहेको मेयर बालेनले बताए । उनले तीनै तहको सरकारले आफ्नो अधिकार भन्दापनि कर्तव्य ठानेर काम गर्नुपर्नेमा जोड दिए ।

उनले संघीय कानूनमा स्थानीय कानूनमा बाझिएकाले मेयरहरू, उपमेयरहरु नै बसेर सल्टाउन नसक्ने काममा सहयोग गर्न प्रधानमन्त्रीलाई आग्रह गरे । उपत्यकाको विकास एकै पटक हुनुपर्ने भन्दै उनले सबै पालिका साथसाथै अघि बढ्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077