Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सिआइबी छानबिनमा रहेका सुनिल शर्माको नोवेल अस्पतालसँग प्रहरी श्रीमती संघको सम्झौता

काठमाडौं । प्रहरीकै छानबिनमा रहेका मेडिकल व्यवसायी सुनिल शर्माको अस्पतालसँग नेपाल प्रहरी श्रीमती संघले सम्झौता गरेको छ ।

शर्माको नोवेल मेडिकल कलेज टिचिङ अस्पतालमा नेपाल प्रहरीका कर्मचारी तथा आश्रित परिवारलाई उपचार सेवामा २५ प्रतिशत छुट दिने सम्बन्धी सम्झौता सोमबार भएको हो ।

नेपाल प्रहरी श्रीमती संघको तर्फबाट संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुवँर र उक्त अस्पतालको तर्फबाट अस्पतालका प्रबन्ध निर्देशक ईन्दिरा शर्मा (बराल)ले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा सोमबार आयोजित कार्यक्रममा उक्त सम्झौता–पत्रमा हस्ताक्षर गरेको प्रहरी प्रधान कार्यालयको समाचार बुलेटिनमा उल्लेख छ ।

सो अस्पतालका मालिक शर्मा एमबिबिएस पढ्न नक्कली प्रमाणपत्र बनाएको आरोपमा प्रहरी छानबिनमा छन् । सिआइबीले पाँच महिनाअघि पक्राउ गरेकोमा पछि अदालतले म्याद नथपेपछि उनी छुटेका थिए।

दबाबका कारण सिआइबीले उनको बयान समेत लिन सकेको छैन । नेपाल मेडिकल काउन्सिलले भने उनको शैक्षिक प्रमाणपत्र नक्कली भएको पत्र सिआइबीलाई दिएको छ ।

अनुसन्धानमै रहेका व्यक्तिको अस्पतालसँग प्रहरीले संस्थागत सम्झौता गर्नुले अनुसन्धान थप प्रभावित हुने सम्भावना देखिएको छ । यो सम्झौता प्रहरीमाथि समेत प्रश्न उठेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077