नुवाकोट । नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले कांग्रेसको सरकारले मात्रै देशमा विद्यमान समस्या समाधान गर्न सक्ने दाबी गरेका छन् ।
नुवाकोटको विदुरमा सोमबार प्रथम जिल्ला भेलाको उद्घाटन समारोहमा नेता कोइरालाले सो दाबी गरेका हुन् ।
उनले कांग्रेस आफैं सक्षम हुँदाहुँदै अरुलाई नेतृत गर्न दिनु नै भुल भएको बताए । देशको समस्या समाधानका लागि अहिलेको सरकारको विकल्प आवश्यक रहेको उनको भनाई छ ।
नेकपा माओवादी नेतृत्वको सरकारले जनतामा आशा जगाउन नसकेको भन्दै उनले अब कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने बताए। यसको लागि नेतृत्व तयार रहनुपर्ने उनको भनाइ छ ।
जनतामा निरासा छाएका कारण त्यसको विकल्पमा सरकार परिवर्तन हुनुपर्ने उनको जिकिर छ ।