Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

असई थमन हत्या अभियोगमा सफाइ पाएका सांसद महतोलाई २१ किलोको माला

महोत्तरी । प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीलाई २१ किलोको मालाले स्वागत गरिएको छ ।

सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतबाट सफाइ पाएका महतोलाई नेपाल कुशवाहा कल्याण समाजले सम्मान गरेको हो । महतोको निवास निगौलमा सम्मान गरिएको थियो ।

समाजका जिल्ला अध्यक्ष विजयकुमार महतोले सांसद महतोलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।

जनतासँग प्रत्यक्ष भेटघाट गरी उनीहरुको समस्या समाधानका निम्ति आफू सक्रियरूपमा लाग्ने सांसद महतोले प्रतिवद्धता व्यक्त गरे ।

०७२ भदौ २५ गते विकलाई एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो । सोही वर्ष फागुन २७ गते जिल्ला अदालत महोतरीमा कोइरीसहित २८ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो ।

सांसद कोइरीसहित पवन कापरले अदालतबाट सफाइ पाएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मधेश प्रदेश संसदीय दलका नेता अभिराम शर्मासहित ७ जनालाई जन्मकैदको फैसला भएको छ । बाँकी १६ जना भने अझै फरार रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077