Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

कैलाली । कैलालीमा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ ।

हुलाकी सडकखण्ड अन्तरगत कैलारी गाउँपालिका–७ को बर्का बसन्तामा बा ८१ प ४२९८ र से ५ प ४७७४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा २८ वर्षीय शिशिर चौधरीको मृत्यु भएको हो ।

कैलारी गाउँपालिका–५ का स्थानीय चौधरी बा ८१ प ४२९८ नम्बरको मोटरसाइकलका चालक हुन् । उनको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

दुर्घटनामा घाइते भएका से ५ प ४७७४ नम्बरको मोटरसाइकल चालक भजनी नगरपालिका–५ बस्ने २६ वर्षीय बिरबहादुर चौधरी र पछाडि सवार २८ वर्षीय राजेश डगौराको निसर्ग अस्पतालमा उपचार जारी छ । दुवै मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077