Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हतियारसहित दुईजना पक्राउ

रुपन्देही । रुपन्देहीबाट प्रहरीले हतियारसहित दुई जनालाई पक्राउ गरेको छ ।

सोमबार रुपन्देहीको तिलोत्तमा वडा नम्बर ८ स्थित गणेश नगरको करैया सामुदायिक वनबाट हतियारसहित स्थानीय दीपक परियार र कर्ण बहादुर परियारलाई पक्राउ गरिएको हो ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार उनीहरूको साथबाट भरुवा बन्दुक नाल २ थान, धातुको गोली, छर्रा ३२ पिस, फलामको काटिएको स-साना छर्रा ११० पिस, बारुद जस्तो देखिने कालो धुलो पदार्थ, फलामको विनेट १ थान, ११ नम्बर पाना थान १ थान, ११ नम्बरको रेन्चि थान १ थान, हँसिया थान, चक्कु, दाउ बरामद गरिएको छ ।

उनीहरुमाथि हातहतियार खरखजना सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077