Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

एनसेलविरुद्ध अमरेशको रिट न्यायाधीश राउतको इजलासमा

काठमाडौं। दूरसञ्चार सेवा प्रदायक एनसेलको सेयर बिक्रीविरुद्ध सांसद अमरेशकुमार सिंहले दायर गरेको रिट न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा पेशी तोकिएको छ ।

सांसद सिंहले दायर गरेको रिट निवेदन सर्वोच्च अदालतका न्यायाधीश राउतको एकल इजलासमा सुनुवाइ रहेको हो । लामो समयदेखि हेर्न नभ्याउनेमा परेको सिंहको रिट मंगलबार भने सुनुवाइ हुने भएको छ ।

यसअघि मङ्सिर २४ गतेदेखि लगातार हेर्न नभ्याइनेमा परेको सिंहको रिट मङ्सिर पुस १ गते भने रिट निवेदककै कानुन व्यवसायीले स्थगित गराएका थिए । पुस २ गते सोमबार न्यायाधीश नहकुल सुवेदीको एकल इजलासमा परेको रिट बेञ्च बस्न नभ्याएर स्थगितमा परेको थियो।

सांसद सिंहले रिट निवेदनमा नेपालको कानुनी प्रक्रिया छलेर राज्यलाई हानि पुग्ने गरी अपारदर्शी तवरमा एनसेलको सेयर खरिद–बिक्री भएको दाबी गरेका छन् । उनले सेयर खरिदबिक्रीको कारोबारलाई मान्यता नदिन पनि माग गरेका छन्।

सिंहले मङ्सिर २२ गते शुक्रबार दायर गरिएको रिटमा एनसेल आजियटाको नेपालस्थित कार्यालय, नेपाल दूरसञ्चार प्राधिकरण, कम्पनी रजिस्ट्रारको कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र आन्तरिक राजश्व विभाग मातहतको ठुला करदाता कार्यालयलाई विपक्षी बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077