Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कांग्रेसको ब्यानरबाट हटाइयो ‘भ्रष्टाचारबाट पार्टीलाई जोगाऔं’

पोखरा । नेपाली कांग्रेसको गण्डकी प्रदेश प्रथम प्रदेश सम्मेलन पोखरा सभागृहमा मङ्गलवारदेखि सुरु भएको छ ।

बुधवारसम्म चल्ने सम्मेलनको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका हुन्।

सम्मेलन सुरू हुनुपूर्व सभापति देउवा र गण्डकी सभापति शुक्रराज शर्माबीच ब्यानरमा लेखिएको विषयबारे विवाद भएको थियो।

प्रदेश सम्मेलनको ब्यानरमा 'इमान भएकाहरूलाई जिम्मेवारीमा राखौं, भ्रष्टाचारबाट पार्टीलाई बचाऔं, कांग्रेसी चरित्र पुनर्स्थापित गरौं' लेखिएको थियो।

सभापति देउवाले यस्तो कुरा ब्यानरमा राखेको भन्दै गण्डकी सभापति शर्मासँग रिसाएको र उनीहरूबीच भनाभन भएको बताईएको छ ।

कार्यक्रम सुरु भइसक्नुपर्ने बेलासम्म पनि देउवा र शर्माबीच नाराका विषयमा विवाद भएको थियो ।

देउवाको निर्देशनपछि कार्यक्रम सुरु हुनुभन्दा केही मिनेट अगाडि मात्र ‘भ्रष्टाचारबाट पार्टीलाई बचाऔं’ भन्ने वाक्यमा हरियो टेप टाँसेर कार्यक्रम सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077