काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।
दिउँसो देशभर आंशिक बदली देखि सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति पनि देशभर आंशिक बदली देखि सामान्यतया सफा रहने छ ।
देशभरिको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
महाशाखाले बुधबार बिहान जारी गरेको बुलेटिनमा भनिएको छ, ‘देशभरिको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कताअपनाउन सबैमा अनुरोध छ।’