Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नगरपालिकाको ब्यानर छोप्नु गम्भीर लापरवाही भयो, क्षमा चाहन्छु : गगन थापा

काठमाडौं । पाल्पाको तानसेन नगरपालिकाको बोर्ड ढाकेर पार्टीको जिल्ला सम्मेलनको व्यानर राखिएकाप्रति नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले माफी मागेका छन् ।

उनले बुधबार बिहान सामाजिक सञ्जालमार्फत पाल्पा जिल्ला सम्मेलनका क्रममा भएको लापरवाही प्रति क्षमा मागेका हुन् ।

उनले सम्मेलनको लागि नगरपालिकाको तल्लो तलामा रहेको हल भाडामा लिएर त्यसमा नै मूल ब्यानर टाँगेर कार्यक्रम सुरू भएको तर हल बाहिर रहेकाहरूले कुरा सुन्न नपाएको भन्दै गुनासो गरेपछि आफूलाई बार्दलीमा लगिएको प्रष्टीकरण पनि दिएका छन् ।

‘त्यसका लागि नगरपालिकाको ब्यानर छोप्नु र सम्मेलनको ब्यानर राख्नु गम्भीर लापरवाही हो। यसबारे जानकारी नराख्नु र ध्यान नपुग्नु मेरो गल्ती हो। त्यसप्रति म माफी चाहान्छु। पार्टीका निम्ति यो एउटा सिकाइ भएको छ, आगामी दिनमा यस्ता विषयमा थप सचेत रहनेछौं,’ उनले भनेका छन्।

राजनीतिक पार्टीको जिल्ला सम्मेलनको लागि सिंगो कार्यालय भवन नै उपलब्ध गराएको भन्दै मेयर श्रेष्ठको पनि चर्को आलोचना भएको छ।

आफू र मेयर सन्तोषलाल श्रेष्ठको आचोचना भएपछि महामन्त्री थापाले पाल्पा जिल्ला सम्मेलन गर्दा गल्ती भएको स्वीकार गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077