Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • बाराबाट गाँजासहित दुई जना पक्राउ

    बाराबाट गाँजासहित दुई जना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ४ पुष २०८०
  • 552
    SHARES

    बारा । बाराबाट प्रहरीले गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका घर भएका २१ वर्षीय सुवास मोक्तान र ३० वर्षीय देवराज स्याङताङ छन् ।



    बुधवार बिहान पौने २ मा पथलैया चोकमा उनीहरु सवार मोटरसाइकल चेकजाँच गर्दा ९ केजी गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।



    आरोपीहरु बागमती प्रदेश–०२–०२९ प १६०९ नम्बरको मोटरसाइकलमा सवार थिए ।

    उनीहरुको साथबाट प्रहरीले साढे ४ किलो दरका दुईवटा गाँजाको प्याकेट बरामद गरेको हो । आरोपीहरुबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार