Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

युक्रेनी सेनाको नियन्त्रणमा चारजना नेपाली रहेको पुष्टि [नामावलीसहित]

काठमाडौँ । युक्रेनी जेलमा ४ नेपाली रहेको सरकारले पुष्टि गरेको छ । परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै युक्रेनमा चार जना नेपाली बन्दी अवस्थामा रहेको जनाएको हो ।

युक्रेनमा बन्धक हुनेमा बर्दियाको राजापुर–१ का विवेक खत्री, काभ्रेको मण्डनदेउ–६ का सिद्धार्थ ढकाल, मोरङको लेटाङ–६ का विकास राई र रोल्पाको रुन्टिगढी–८ का प्रतीक पुन रहेका छन् ।

उनीहरुको शीघ्र रिहाई गरी नेपाल फिर्ता पठाउन युक्रेनी सरकारलाई कुटनीतिक माध्यमबाट अनुरोध गरेको मन्त्रालयले जनाएको छ ।

नेपालका लागि रुसका राजदूतमार्फत रुसी सेनामा भर्ना भई निधन भएका नेपाली नागरिकको शव यथाशीघ्र नेपाल पठाउन तथा घाइतेलगायतका पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन पुनस् अनुरोध गरेको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र भर्ना गरिएका नेपालीलाई तत्काल स्वदेश फर्काउन राजदूतमार्फत रुसी सरकारलाई पुनः अनुरोध गरेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077