Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भन्सार प्रमुखमाथि गाँजा तस्कर भगाएको आरोप

काठमाडौं । तस्करीको अखडा बनेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालय सबैभन्दा धेरै चलखेल हुने निकाय हो । जहाँबाट बारम्बार सुन पास मात्र होइन लागुऔषध पनि पास हुँदै आएको छ ।

कर्मचारीको मिलेमतोमा न्यून बिजिकरण गरेर हुने संस्थागत तस्करी त छँदै छ । विमानस्थलमा भन्सार र प्रहरीबीचको टकराब त छँदै छ । यस्तो टकराबको फाइदा तस्करहरूले उठाउँदै आएका छन् । यस्तै घटना गत साता भएको छ ।

विमानस्थलमा प्रहरीले अमेरिकाबाट आएको ५५ केजी गाँजा पत्ता लगायो । तर, भन्सार कार्यालयका प्रमुख सहसचिव टोकराज पाण्डेले सो कुरा मिडियामा सार्वजनिक गरिदिए । प्रहरी भने त्यसलाई गोप्य राखी गाँजा लिने व्यक्तिलाई समेत पक्राउ गर्ने गरी अप्रेसनको तयारीमा थियो ।

तर, भन्सारका प्रमुखको कारण तस्कर पत्ता लगाउन नसकिएको प्रहरी अधिकारी बताउँछन् । आफुमाथि आरोप लाग्ने भएपछि यसरी भन्सार प्रमुख पाण्डेले गाँजा समातिएको कुरा सार्वजनिक गरिदिएका हुन । जून विषयमा प्रहरी उनीसँग रुष्ट बनेको छ ।

अनुसन्धानको आधारभूत विषय पनि नबुझी पाण्डेले प्रहरीलाई धोका दिएका थिए। विमानस्थलमा पटक पटक भन्सार र प्रहरीबीच विवाद हुने गरेको छ ।

हालैको सुन तस्करीको अनुसन्धानमा पनि त्यस्तै देखियो । सुरुमा भन्सारले १४ केसी सुन बरामद ग¥यो । पछि प्रहरीले भन्सार पास भइसकेका व्यक्तिबाट साढे ६ केजी बरामद गरेको थियो ।

पछिल्लो घटनाले भन्सारको जाँचपास प्रणालीमाथि प्रश्न उठेको थियो । आफ्ना कमजोरी लुकाउन सहसचिव पाण्डे सस्तो लोकप्रियताको पछाडि लागेको र संस्थागत सुधारमा ध्यान नदिएको विमानस्थलका प्रहरी तथा कर्मचारीहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077