Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बर्दीसहित भारत छिरेका नेपाल प्रहरीका हवल्दारमाथि हातपात

कैलाली । बर्दीसहित भारतमा छिरेका नेपाल प्रहरीका एक हवल्दारमाथि हातपात भएको छ । मंगलबार कञ्चनपुर पारी नेपाल भारत सीमाको बजार गौरिफन्टामा हवल्दारलाई हातपातसहित अभद्र व्यवहार गरिएको हो ।

प्रहरी चौकी डोकेबजारमा कार्यरत प्रहरी हवल्दार बिष्णु भुललाई भारतीय क्षेत्रमा त्यहाँका स्थानीयले अभद्र व्यवहार गरेका हुन् ।

उनीमाथि हातपात गर्ने व्यक्ति चिनेजानेकै र उनी युटुबर भएको खुलेको छ । ती हवल्दारलाई चारजना युवकले समातेर अभद्र व्यवहार गरिरहेको भिडिओमा देख्न सकिन्छ ।

उनी आफन्तलाई बससम्म छोड्न गौरीफन्टाको बसपार्कसम्म पुगेको बताइएको छ । तर पछि त्यहाँको प्रहरीले माफी मगाएर घटना मिलाएको बुझिएको छ।

भुलमाथि हातपात गर्ने गुप्ता समूहलाई कारवाहीको माग गर्दैै भारतीय प्रहरीमा निवेदन दर्ता गरिएको प्रहरीले जनाएको छ ।

यता जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार उनलाई डोकेबजारबाट इलाका प्रहरी कार्यालय त्रिभुवनवस्ती तानिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077