Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दुई मोटरसाइकल आपसमा ठोकिँदा दुई युवकको मृत्यु

बारा । बाराको निजगढ नगरपालिकास्थित भमरामा दुई मोटरसाइकल आपसमा ठोकिँदा दुई युवकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार रौतहटबाट निजगढतर्फ आउँदै गरेको बा९७प ९४४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट रौतहट जाँदै गरेको प्रदेश १–०५ ००१ प ५४९७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा बा९७प ९४४ नम्बरका मोटरसाइकल चालक बाग्मती–३ का ३१ वर्षीय बुद्धिबहादुर बल र प्रदेश १–०५ ००१प ५४९७ नम्बरका मोटरसाइकल चालक उदयपुर कटारी–२ का ३४ वर्षीय चन्द्रदीप लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077