Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बाढीका कारण तमिलनाडुमा पाँच जनाको मृत्यु, ४० लाखभन्दा बढी मानिस मारमा

एजेन्सी । भारतको दक्षिणी राज्य तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले बाढीको चपेटामा परेका क्षेत्रमा राहत र उद्धार कार्य सञ्चालन गर्न थप हेलिकोप्टर माग गरेका छन् ।

बाढीमा सयौँ मानिस फसेको भन्दै उनले संघीय सरकारसँग उद्धारका निम्ति थप हेलिकोप्टर सहयोग गर्न आग्रह गरेका हुन् ।

विगत दुई दिनयता परेको अविरल वर्षाले तमिलनाडुका दक्षिणी धेरै जिल्लाहरूमा ठूलो क्षति भएको छ । वर्षाका कारण बस्ती र सडकमा गम्भीर क्षति पुगेको हो ।

बाढीका कारण ४० लाखभन्दा बढी मानिस मारमा परेका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार वर्षा र बाढीका कारण कम्तीमा पाँचजनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077