Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रहरी जवान नै कैलाली प्रहरीको थुनामा

धनगढी । महिलामाथि आर्थिक लेनदेनका क्रममा दुर्व्यवहार गरेको आरोपमा एक जना प्रहरी जवानलाई कैलाली प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले धनगढीकै चौधरी थरकी महिलासँग रकम लेनदेनको विषयमा विवाद हुँदा बैतडी घर भएका प्रहरी जवान दमन बिष्टलाई पक्राउ गरेको हो।

दुर्व्यवहार मुद्दामा प्रहरी जवान बिष्टलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

आपसी लेनदेनको विषयमा विवाद भएपछि बिष्टले आफूमाथि दुर्व्यवहार गरेको उजुरी महिलाले दिएपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

जाहेरी दर्ता गर्नुअघि लेनदेनको विवाद मिलाउन उनीहरु जिल्ला प्रशासन कार्यालय समेत पुगेका थिए तर कुरा नमिलेपछि महिलाले बिष्टका नाममा जाहेरी दर्ता गराएपछि प्रहरीले पक्राउ गरेर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077