Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कांग्रेस मधेश प्रदेशको सम्मेलन सुरु

जनकपुरधाम । नेपाली कांग्रेस मधेस प्रदेशको सम्मेलन सुरु भएको छ ।

जनकपुरधाममा सम्मेलनको पार्टी सभापति शेरबहादुर देउवाले एक समारोहबीच उदघाटन गरेका हुन् ।

जनकपुरको तरहुतिया गाछीमा सम्मेलन भइरहेको छ । सम्मेलनम उपसभापति एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा, नेता महेन्द्र यादवसहित शीर्ष नेताहरूको उपस्थित रहेको छ ।

सम्मेलन उदघाटन समारोहमा आठ वटै जिल्लाका नेता कार्यकर्ताको सहभागिता रहेको कांग्रेस धनुषाले जनाएको छ ।

सम्मेलन भोलि शुक्रबारसम्म चल्नेछ । आज उदघाटन भएको सम्मेलनको शुक्रबार बन्दसत्र हुने कांग्रेस धनुषाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077