Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

मर्यादाक्रम मिचेको भन्दै कांग्रेसको मधेस सम्मेलनमा विवाद, मञ्चमै गएनन् विमलेन्द्र

जनकपुरधाम। नेपाली कांग्रेस मधेस प्रदेशको प्रथम सम्मेलनको उद्घाटन कार्यक्रममा मर्यादाक्रमले विवाद देखिएको छ ।

आजदेखि जनकपुरको तिरहुतिया गाँछीमा सुरु भएको कांग्रेसको मधेश प्रदेश सम्मेलनको उद्घाटनमा मर्यादाक्रमको विवाद देखिएको हो ।

सभापति शेरबहादुर देउवापछिको वरियता नपाउने भएपछि नेता शेखर कोइराला सम्मेलनमै सहभागी भएनन् ।

मधेस प्रदेश सम्मेलनमा कोइरालासँगै नेता विमलेन्द्र निधिले वरियताका विषयमा असन्तुष्टि जनाएका छन् । निधि मञ्चमा नबसी दर्शकदीर्घामा बसेका छन्।

मर्यादाक्रम मिचेर नेताहरूको आसनग्रहण गराइएको भन्दै निधि मञ्चमा जान नमानेका हुन्। प्रदेश महामन्त्री बृहस्पती कृष्ण श्रेष्ठ श्रेष्ठले नेताहरूलाई मञ्चमा आसनग्रहणका लागि आग्रह गरेका थिए। निधिको नाम पटक-पटक लिए पनि उनी मञ्चमा गएका छैनन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077